प्रजातान्त्रिक विकास समाज कास्कीको नवौं अधिवेशन सम्पन्न
डा. प्रदीप रेग्मी/वसन्त कोइराला
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद यी तीनवटा मूल सूत्रलाई पालना गर्दै प्रजातान्त्रिक परिपाटीमा विश्वास गर्ने संघसंस्थालाई आफ्ना उच्च बौद्धिक विचार प्रवाह गर्ने प्रजातान्त्रिक विकास समाज कास्कीको नवौं अधिवेशन पोखराको न्यूरोडस्थित होटल दीपसागरमा यहि चैत्र १९ गते सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष डा. गिरिधारी शर्माको सभापतित्व, प्रमुख अतिथि डा. शेखर कोइराला तथा नेपाली काँग्रेस केन्द्रीय सदस्य मधुरमण आचार्य, संस्थाका केन्द्रीय अध्यक्ष डा. जगदीश नरसिंह के.सी., नेपाली काँग्रेस कास्की सभापति अधिवक्ता किशोरदत्त बरालबाट सम्बोधन गरिएको कार्यक्रममा प्रजातान्त्रिक विकास समाज कास्कीका आजीवन सदस्य, विभिन्न नेपाली काँग्रेस भातृ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमलाई पत्रकार महासंघ कास्की अध्यक्ष पत्रकार विमला भण्डारी, कास्की काँग्रेस अध्यक्ष किशोरदत्त बराल, केन्द्रीय सदस्य मधुरमण आचार्य, प्रमुख अतिथि डा. कोइरालाद्धारा सम्बोधन गरिएको कार्यक्रममा पाँच दलीय गठबन्धन लागू गर्ने निर्णय त गरिएको छ, तर यसलाई लागू गर्न नितान्त चुनौतीहरु आउनेछन् भन्ने निष्कर्ष दिइएको कार्यक्रममा नवौं अधिवेशनबाट नयाँ पदाधिकारीकोसमेत चयन गरिएको थियो, जसमा अध्यक्ष सह–प्राध्यापक डा. वीरबहादुर कार्की, उपाध्यक्ष शिशुकला पराजुली, सचिव भीमप्रसाद न्यौपाने, कोषाध्यक्ष ज्योतिबाबु पौडेल, सह–सचिव डा. विनिता शर्मा कोइराला, सदस्यहरुमा क्रमशः प्रा.डा. यमबहादुर पौडेल क्षेत्री, शान्ति भुषाल, प्रा.डा बलराम उपाध्याय रेग्मी, उदयकुमार सिंह, अधिवक्ता कृष्णप्रसाद तिमिल्सिना, डा रामजीवन यादव, डा. नारायणसिंह गुरुङ, ईञ्जिनीयर सुरेन्द्र पाण्डे, जीतबहादुर गुरुङ रहनु भएको छ भने सो समितिको चयन सर्वसम्मतिबाट गरिएको थियो ।
आगामी तीन वर्षे कार्यकालका लागि चयन गरिएका उक्त समितिमा विविध पेशा व्यवसायीको प्रतिनिधित्व रहँदै आएकोमा ज्योतिष विधाको प्रतिनिधित्व प्रजातान्त्रिक विचार समाज कास्कीको इतिहासमा यो पहिलो हो । स्मरण रहोस् प्रजातान्त्रिक विचार समाज कास्कीका आजीवन सदस्यहरुको संख्या १२० पुगेको छ ।
English Edition
