वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय न्वारनका २७ औं वर्ष

प्रा.डा. बलराम उपाध्याय रेग्मी

दक्षिण एशियामै ज्योतिष विधाकोमात्र पढाइ हुने नेपालको पहिलो यो ज्योतिष विश्वविद्यालयको उत्तरोत्तर प्रगतिका लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु। –शिक्षामन्त्री के.वी. गुरुङ, २०५४ माघ १७

नेपालको पर्वत जिल्लाको पाङ खुर्कोटको आँगन, पिँढीमा सीमित ज्योतिष शिक्षालाई मेचीदेखि महाकालीमात्रै होइन, विश्वव्यापिरुपमा जुनसुकै जातजातिमा पु¥याउनु पर्दछ भन्ने पवित्र उद्देश्यका साथ वि.सं. २०५३ फाल्गुन ९ गते नेपालकै झापा जिल्लादेखि शुरु गरिएको मेची–महाकाली ज्योतिष जागरण अभियानको पहिलो महत्वपूर्ण उपलब्धि हो वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय नेपालको स्थापना । नेपालको मध्यभाग नवलपरासी जिल्लाको मुकुन्दपुर–६, कोटीहोम परिसरमा दुई दिने नेपाल राष्ट्रिय ज्योतिष महासम्मेलनको प्रमुख आयोजक भई सम्मेलन सम्पन्नपश्चात् एउटा बृहत् राष्ट्रिय ज्योतिष विश्वविद्यालय घोषणा समिति गठन भएको थियो । पहिलो सत्रमा छलफल भएको थियो, नेपालमा ज्योतिष विश्वविद्यालयको आवश्यकता र औचित्यता । उक्त प्रस्तावलाई सर्वसम्मति उपस्थित भेलाले माघ १८ गते पारित गरेपछि तत्कालीन शिक्षामन्त्री के.बी. गुरुङको प्रमुख आतिथ्यतामा विश्वविद्यालय घोषणा सभाको आयोजना माघ १९ गते राखिएको थियो ।

बृहत् राष्ट्रिय ज्योतिष महासम्मेलनका संयोजक डा. बलराम उपाध्याय रेग्मी आफैँ शिक्षामन्त्रीलाई काठमाडौंमा भेट्न जाँदा पूर्वाञ्चलको पूर्वनिर्धारित कार्यक्रलाई छोडेर जान नमिल्ने भयो, तपाईंको संयोजकत्व, अध्यक्षतामा गठित हुन गइरहेको वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय समिति नेपालको उत्तरोत्तर प्रगतिको म हार्दिक शुभकामना व्यक्त गर्दछु । दक्षिण एशियामा मात्र होइन, विश्वमा नै ज्योतिष विधाको एकमात्र पढाइ हुने वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयको स्थापना नेपालमा हुनुले विश्वमा नेपाललाई ज्योतिष विधाबाट चिनाउने यो महान कामका लागि म हार्दिक शुभकामना व्यक्त गर्दछु भन्ने शिक्षामन्त्रीको अर्थात् प्रमुख अतिथिको शुभकामनापत्र प्राप्त गरी बृहत् राष्ट्रिय ज्योतिष भेलामा जे जति उपस्थित थियौं उक्त भेलाले सर्वप्रथम अब विश्वविद्यालयको नाम के राख्ने ? यो पहिलो निर्णय गरौं भन्ने प्रस्ताव माथि छलफल हुँदा डा. लक्ष्मीकान्त पाण्डे (काठमाडौं) यो बृहत् राष्ट्रिय ज्योषित सम्मेलनका परियोजनाकार संयोजक डा. बलराम उपाध्याय रेग्मीसमेतको दुई सदस्यीय समितिले विश्वविद्यालयको नाम जे राख्दछ त्यसलाई सर्वसम्मतिले उपस्थित सभाले स्वीकार्नेछ भन्ने प्रस्ताव पारित ग¥यो । एक घण्टाको समय दिइएको थियो विश्वविद्यालयको न्वारनको नाम राख्ने । डा. लक्ष्मीकान्त पाण्डे (काठमाडौं) द्धारा जुराइएको न्वारनको नाम के थियो ? उहाँलाई थाहा होला, सबैलाई त्यो नाम अहिले याद नहुन पनि सक्छ तर बृहत् राष्ट्रिय ज्योतिष महासम्मेलनका संयोजक अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीद्धारा जुराइएको वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय यो नाम घोषणा गर्दा सर्वसम्मतिबाट तालि पिटिएको थियो । बृहत् राष्ट्रिय ज्योतिष महासम्मेलनको पहिलोे काम ज्योतिष विश्वविद्यालयको आवश्यकता नेपालमा हो वा होइन भन्ने सम्बन्धमा सर्वसम्मतिले आवश्यकता हो भन्ने प्रस्ताव पारितपश्चात दोस्रो महत्वपूर्ण काम ज्योतिष विश्वविद्यालयको न्वारनको नाम जुराउनु थियो । त्यो पनि दुई सदस्यीय समितिले तयार गर्यो, न्वारनको नाम जुराइयो डा. बलराम उपाध्याय रेग्मीबाट घोषणा डा. लक्ष्मीकान्त पाण्डेबाट गरियो । दुई महत्वपूर्ण काम सम्पन्नपश्चात तेस्रो महत्वपूर्ण प्रस्ताव थियो विश्वविद्यालयको अध्यक्ष कसलाई बनाउने ?
दुुई दिनको घम्साघम्सी, गुट उपगुट आ–आफ्ना प्यानलका आँफूले छानेका व्यक्तिलाई विश्वविद्यालयको अध्यक्ष बनाउने प्रस्ताव बृहत् राष्ट्रिय ज्योतिष महासम्मेलनमा प्रस्तुत गरिएका थिए तर अन्त्यमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी भारतका नेपाली विभाग अध्यक्ष आचार्य जगन्नाथ कँडेल, गैँडाकोट निवासी लक्ष्मीशरण उपाध्याय, सहप्राध्यापक नेपाल संस्कृत विश्वविद्यालय, बाल्मिकी विद्यापीठ काठमाडौंका उपप्राध्यापक मोतिलाल रिजाल (हाल अमेरिका)लगायत उपस्थित सबै तह, सबै वर्गका बौद्धिक समूहकातर्फबाट अन्त्यमा सर्वसम्मतिबाट घोषणा गरियो निर्विरोधरुपमा विश्वविद्यालयको अध्यक्ष पदमा पर्वत जिल्लाको पाङ निवासी डा बलराम उपाध्याय रेग्मी नै हुनुपर्दछ । नेपालको मेचीदेखि महाकालीसम्मका धर्म, संस्कृति र ज्योतिषका महत्वपूर्ण प्रतिनिधि भारत वनारसका महत्वपूर्ण प्राध्यापकको समूहसमेतको उपस्थितिमा निर्विरोधरुपमा अध्यक्ष पदमा डा. बलराम उपाध्याय रेग्मीलाई चयन गरिएपश्चात चौथो महत्वपूर्ण प्रस्ताव पारित गरिएको थियो विश्वविद्यालयको केन्द्रीय कार्यालय कहाँ राख्ने ?

वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय नेपालको न्वारन गरेको पनि २७ औं वर्ष भइसकेका छन् । यो नामको औचित्य कति थियो ? थिएन वा होला त्यसको विस्तृत व्याख्या यसरी गरिएको थियो उपस्थित बृहत् सभालाई संस्थापक अध्यक्ष डा. बलराम उपाध्याय रेग्मीबाट । विदज्ञाने धातुबाट पाणिनीय व्याकरण अनुसार वेद शब्द बन्दछ । वेदको अर्थ प्रत्यक्षरुपमा ज्ञान हो भन्ने पुष्टि वेद आफै प्रमाण छन् । त्यसकारण  विश्वको सर्वप्राचीनतम् त्यही विदज्ञाने धातुबाट ज्ञान शब्द बोध गराउने हाम्रा प्राचीन ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद यी चारैै वेदको छैटौं आँखा हो ज्योतिष । त्यसकारण वेदको अभिन्न अंग ज्योतिष भएकाले यसको नाम वैदिक राखियो । ज्योतिष विधाको विश्वमा नै एकमात्र विश्वविद्यालय भएकाले वैदिक ज्योतिष यी दुईवटा शब्द यसमा प्रयोग भएका छन् भने ज्योतिष कला र विज्ञान दुवै भएकाले यसको नाम वैदिक ज्योतिष विज्ञान हुन गयो । यसको क्षेत्राधिकार विश्वका संयुक्त राष्ट्रसंघद्धारा स्वीकारिएका १९३ वटा देशका कुनै पनि नागरिकले ज्योतिष विधाको अध्ययन गर्न सक्ने भएकाले यसको नाम राखियो विश्वविद्यालय । विश्वमा ज्योतिष विधाको विश्वविद्यालय खोल्ने देश कुन हो ? भन्दा नेपाल भन्नकै लागि वैदिक ज्योतिष विज्ञान विश्वविद्यालय नेपाल नामकरण गरिएको थियो । स्मरण रहोस्, पर्वत खुर्कोट–४ निवासी श्रीबल्लभ उपाध्याय रेग्मीका काइँला सुपुत्र डा. बलराम उपाध्याय रेग्मीको जन्म नाम पनि वेदराज नै हो भने श्रीबल्लभ उपाध्याय रेग्मीको जन्म नाम पनि वेदप्रसाद उपाध्याय रहेको छ । यसरी वेद शब्दले त्रिवेणी तीन अर्थमात्र होइन चारवटा अर्थ एकैसाथ बुझाउन गएको छ वेद आफैँमा ज्ञानको प्रतिक हो । विश्वको सर्वप्राचीन ज्ञानको विधा वेद हो । बृहत् राष्ट्रिय ज्योतिष महासम्मेलन नेपाल आयोजना गर्ने संयोजक डा. बलराम उपाध्याय रेग्मी पिता पुत्र दुवैको जन्मनाम पनि शुरु अक्षर वेद नै हो यसरी भएको थियो वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयको न्वारन ।