वरिष्ठ राशिफल लेखक सम्मान असफल गौतमलाई

डा. मधु रेग्मी
ज्योतिष भविष्यवाणी (साप्ताहिक)को यात्रा शुरु भयो वि.सं. २०७१ को सम्भवतया वैशाख महिनादेखि, संस्कृत र ज्योतिष भाषाको टाइपिङ्ग सेटिङ्ग जो कसैबाट सम्भव हुने काम होइन तथापि पश्चिमाञ्चलको पोखरामा ज्यादै कम व्यक्ति ज्योतिष भविष्यवाणी साप्ताहिकको टाइपिङ्ग, सेटिङ्ग गर्नेमा पर्नुभएको थियो जसको नामै लिनु पर्दा शेरबहादुर कुमाल (चितवन) र हरि पन्त (धादिङ) दुई जना व्यक्तिमात्रैले ज्योतिष भविष्यवाणी साप्ताहिकलाई म गर्न सक्दछु भनेर केहि वर्ष टाइपिङ्ग सेटिङ्ग गर्दै आउनु भएकोमा स्थायी नियुक्ति नै दिँदा पनि र कुनै पनि महिनाको तलब प्रत्येक हप्तैहप्तामा दिँदा पनि ठहर्न नसकेको अवस्थामा स्याङ्जा पुतलीबजार नगरपालिका ७ निवासी असफल गौतमबारे एक्कासी जानकारी प्राप्त भयो महाकवि रामनाथ अधिकारी सँगीबाट ।

यो पोखरामा स्थायी नियुक्ति दिए पनि, हप्ताहप्ताको तलब दिए पनि काममा ठहर्न नसक्ने व्यक्तिका माझ कुनै ठहर्ने व्यक्ति तपाईंले देख्नु भएको छ ? सुन्नु भएको छ ? भन्ने क्रममा उहाँले पोखरा–१, बगरस्थित गण्डकी हाइटेकमा भेट गराउनुभयो । वि.सं. २०७१ सालदेखिको अविछिन्न यात्रा २०७८ को चैत्र मसान्तसम्म आइपुग्दा विगत सात वर्षे कार्यकालको मूल्याङ्कन गर्दा प्रत्येक अंकको राशिफल लेखन, एकै बसाइमा पत्रिका सम्पन्न गर्न सक्ने प्रतिभा र भाषिक शुद्धता सबैको मूल्याङ्कन गर्दा वरिष्ठ ज्योतिष राशिफल लेखक तथा ज्योतिष भविष्यवाणी राष्ट्रिय पत्रकारिता पुरस्कारको हकदावी हुनुभएको छ, असफल गौतम ।

कुनै व्यक्ति विशेष सात वर्षको अवधिसम्म ठहर्नु एउटै काममा एउटै व्यक्तिसँग यो पनि ज्योतिष भविष्यवाणीको इतिहासमा पहिलो रिकर्ड भएको छ । ज्योतिष भविष्यवाणी राष्ट्रिय साप्ताहिकातर्फबाट तपाईं असफल गौतम पत्रकार साहित्यकार, समालोचकलाई सम्मानित गर्न पाउँदा ज्योतिष भविष्यवाणी साप्ताहिक परिवारले हाार्दिक गौरवको अनुभव गर्ने छ ।

पत्रकार साहित्यकार असफल गौतमको उच्च मूल्याङ्कन यतिमा मात्र सीमित छैन, हुने पनि छैन जब उहाँले विश्वज्योतिष विद्यापीठ कलकत्तामा प्रस्तुत गरिने चारजना शोधार्थीको अनुसन्धानपत्र तयारी गर्नुभयो तोकिएकै समयमा यो उहाँको अर्को महत्वपूर्ण योगदान थियो ज्योतिष भविष्यवाणीमा संलग्न परिवारप्रति । ज्योतिष भविष्यवाणीको अपेक्षा छ यो यात्रा वर्षौ वर्ष अगाडि बढिरहोस् ।