भारतीय महिला नेता सुष्मा स्वराजको स्वामी पत्नी दशामा निधन/ ज्योतिष शिरोमणि डा बलराम उपाध्याय रेग्मी
स्पष्टवक्ता अधिवक्ता हरियाणा राज्यकी पूर्व बी.जे.पी. अध्यक्ष, दिल्ली प्रदेशकी प्रथम महिला मुख्यमन्त्री, पर्ूव विदेशमन्त्री, सर्वोत्कृष्ट सांसद सम्मानसमेत भारत सरकारबाट प्राप्त भारतीय उत्कृष्ट विदुषी सुष्मा स्वराजको आकस्मिक निधन भएको छ । ए.बी.पी. न्यूज च्यानल एवम् आजतक हिन्दी च्यानल दिल्लीले जनाए अनुसार स्वराजको निधन हृदय गति अचानक रोकिएर भएको छ ।
वि.सं. २००८ फाल्गुन २ गते बिहीवार तदनुसार
१४ फरवरी १९५२ मा बिहीवारका दिन बिहान
४ः१५ बजे -अम्बाला पञ्जाब) मा जन्मेकी
सुष्मा राजनीति शास्त्रमा स्नातक उच्च श्रेणी,
एल.एल.बी.-कानून) प्रोफेशनल अधिवक्ता हुँदै
उमेरको २५ वर्षा क्याबिनेट मन्त्री हुँदै पछिल्लो
अवस्थामा भारतको विदेशमन्त्री हुनुहुन्थ्यो ।
उमेरको ६७ वर्ष५ महिना १९ दिनका दिन
मंगलबार रातिमा ९ बजे दिल्लीमा निधन
भएकी स्वराजको योगिनीमा उल्का, त्रिभागी
दशामा केतु र विंशोत्तरीय महादशामा शनि
रहेको र स्वामी पत्नी दशा जुटेको अवस्थामा
अढैया शनि दशासमेत रहँदा मंगल निचो,र्
कर्कराशिमा मृत्युस्थानमा हुँदाको मंगलबारकै
दिनमा भएको छ । स्मरण रहोस् फाल्गुन २ गते
मारकेश गतेमा जन्म हुनु सूर्य, राहु एकैसाथ
जन्मकुण्डलीमा हुनु र सूर्य मृत्युस्थानमा आठौं
भावमा निचो मंगल हुँदाकै दिन निधन हुनाले
आगामी दिनमा कस्तो अवस्थामा सतर्क
रहनुपर्दछ महत्वपूर्ण सन्देश प्राप्त भएको छ ।