भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पाँचौं नेपाल भ्रमण सम्पन्न
अधिवक्ता प्रोफेसर डा. बलराम उपाध्याय रेग्मी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यहि ज्येष्ठ २ गते सोमवार बुद्ध पूर्णिमाको दिन नेपाल भ्रमण गर्नु भएको छ । बिहान ठीक ११ बजे भारतको नयाँ दिल्लीबाट कुशी नगर हुँदै उहाँ नेपालको लुम्बिनीमा आइ मायादेवीको दर्शन, भगवान् गौतम बुद्धको मूर्तिमा दर्शन, ध्यान गर्दै नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा तथा भारतकातर्फबाट पाँच बुँदे सम्झौता गर्दै ६ घण्टे नेपाल यात्रा पूरा गरी फर्किनु भएको छ ।
स्मरण रहोस्, हालका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो नेपाल भ्रमण पाँचौं पटकको हो । जबकि यसपूर्वका कुनै पनि भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण अपवादमा मात्र दशौं बीसौं वर्षमा हुने गरेको थियो । हालसम्मका भारतका सबै प्रधानमन्त्रीमध्ये नरेन्द्र मोदी सर्वाधिक नेपालीले मन पराएका प्रधानमन्त्री रहेको प्रतिक्रिया नेपालको पोखरामा प्राप्त भएको छ ।