प्रजातान्त्रिक विचार समाज कास्कीद्धारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

डा. मधु रेग्मी | प्रजातान्त्रिक विचार समाज कास्कीको आयोजना, नेपाली कांग्रेस केन्द्रीय महामन्त्री गगन थापाको प्रमुख आतिथ्यतामा प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह के.सी., काठमाण्डौं विश्व विद्यालयका रजिष्ट्रार डा. अच्यूत वाग्ले, डा. नारायणसिंह खत्री, गण्डकी प्रदेश ने.का. सभापति शुक्रराज शर्मा, कास्की नेकाका पूर्वसभापति कृष्ण केसी, पूर्व कानुनमन्त्री एवं कास्की नेका पूर्व अध्यक्ष यज्ञ बहादुर थापा, नेता सोभियत बहादुर अधिकारी, कास्कीका नेका सभापति किशोरदत्त बराल लगायत करीब दर्जन विशिष्ट अतिथि एवं प्रजातान्त्रिक विचार समाज कास्की आवद्ध कार्यसमिति पदाधिकारी एवं सदस्यको सक्रिय उपस्थिति रहेको कार्यक्रमका प्रमुख वक्ता डा. अच्यूत वाग्ले रहनुभएको थियो भने अर्का अर्थशास्त्री डा. नारायणसिंह खत्री सहवक्ता रहनुभएको थियो ।

नेपालको आर्थिक समस्या र समाधान शीर्षकमा केन्द्रित अर्थविदको अवधारणामाथि किशोरदत्त बरालद्धारा टिप्पणी गरिएको थियो । पोखराको न्यूरोडस्थित होटल दिपसागरमा बिहान ११ बजे शुरु भएको कार्यक्रम अपरान्ह ४ बजे सम्पन्न भएको थियो । करीब डेढसय गुणात्मक श्रोता सहभागिता रहेको कार्यक्रमबाट महत्वपूर्ण उपलब्धि भएको सहभागिमध्ये प्रोफेसर डा. कुसुमाकर न्यौपानेको धारणा रहेको थियो ।