पोखरा महानगरपालिका पदाधिकारीद्धारा ज्योतिष परामर्श बमोजिम शपथ ग्रहण

डा. सीता रेग्मी/पार्वती आचार्य/दुर्गा दाहाल/प्रेमकुमारी गुरुङ
पोखरा महानगरपालिकामा एकीकृत समाजवादी तथा पाँच दलीय गठबन्धनका संयुक्त उम्मेदवार धनराज आचार्य मेयर पदमा ५८,६६९ हजार मत प्राप्त गरी ५ हजार ८ सय ५१ मतान्तरले विजय प्राप्त गरेपछि विहीवार शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।

आँफू स्वयं पुस्तक व्यवसायी रहनु भएका, प्रायः निधारमा टीका लगाएको देखिनुहुने धनराज आचार्य धर्म र ज्योतिषका पक्षधर भएको प्रमाण कसैलाई दिइरहनुपर्ने अवस्था रहेन । पोखरा–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीमार्फत यहि ज्येष्ठ १२ गते विहीवारका दिन बिहान ११ः१५ बजेदेखि दिनमा २ बजेसम्मको लाभ र अमृत समय शपथ ग्रहणका लागि सर्वोत्तम रहेको छ भन्ने जानकारी प्राप्त गरेपछि सोही समयमा मेयर धनराज आचार्यले पोखराका ३३ वटै वडाका वडाध्यक्ष तथा पदाधिकारीलाई पोखराको सभागृहको हलमा शपथ ग्रहण गराइरहनु भएको छ ।

विगतका मेयर मानबहादुर जिसीको शपथ ग्रहणको समय कस्तो थियो ? त्यो खोजीको विषय रहेको छ । जब कार्यकालमै उहाँ प्रेसरबाट बिरामी भई ढल्नु भएको थियो । पाँच दलिय गठबन्धनका मेयरको कार्यकाल पूर्ण सफल रहोस् भन्ने शुभकामना राख्ने कुनै वरिष्ठ ज्योतिष भविष्यवक्ताको सुझाव अनुसार पोखरा २४ का वडाध्यक्षमार्फत शपथ ग्रहणको समय निकालिदिएपछि सम्पन्न भएको पोखरा महानगरपालिकाको शपथ ग्रहण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ ।