दीपेन्द्र श्रेष्ठलाई वरिष्ठ रेडियो पत्रकार सम्मान

डा. सन्तोष रेग्मी/निर्मला सुवेदी

नेपालको सर्वोच्च अदालतद्धारा, पछिल्लो सर्वोच्च अदालत नियमावली बमोजिम वरिष्ठ अधिवक्ता हुनका लागि १५ हजार नगद बुझाउन सक्ने, १५ वर्ष ज्यादा निरन्तर वकालत गरेको, कम्तिमा फैसला भएका ५० वटा मुद्दा नजिरकारुपमा पेश गरेको, आचरण संस्कार असल रहेको, कानून व्यवसायी आचारसंहितामा अब्बल रहेको अधिवक्तालाई वरिष्ठ अधिवक्ता सर्वोच्चको फूलकोर्टबाट प्रदान गरिने व्यवस्था रहेजस्तै वि.सं. २०५८ साल वैशाख १२ गतेदेखि निरन्तर रेडियो पत्रकारितामा सक्रियरुपमा महत्वपूर्ण योगदान पु¥याउनुका साथै नेपालको ज्योतिष पत्रकारिताको क्षेत्रमासमेत उल्लेखनीय योगदान पु¥याउनु भएकोमा शिवसताशीधाम–५ झापा, हाल पोखरा–३ नदीपुर निवासी एभरेष्ट एफ.एम. ९३ मेगाहर्जका प्रबन्ध निर्देशक पत्रकार दीपेन्द्र श्रेष्ठलाई ज्योतिष भविष्यवाणी मेडिया नेपालद्धारा उहाँको उच्च मूल्यांकन गर्दै वरिष्ठ रेडियो पत्रकार सम्मान २०७९ प्रदान गरिएको छ ।

उहाँको जन्मोत्सवको महिना, जन्मकोत्सवकै हप्ता परेको अवसर र मेची–महाकाली ज्योतिष जागरण अभियान २६ वर्ष पूरा भई २७ औं वर्ष लाग्दाको महिनामा नै उहाँलाई वरिष्ठ रेडियो पत्रकार सम्मान प्रदान गरिएको हो । रेडियो पत्रकारितामा २१ वर्ष १० महिना ४ दिन उहाँको अनुभव भइसकेको, पत्रकार आचारसंहितामा अब्बल रहेको, नेपाल पत्रकार महासंघ कास्कीको पूर्व अध्यक्षसमेत भइसक्नुभएको, नेपाल ज्योतिष पत्रकार महासंघको केन्द्रीय सदस्य रहिसक्नु भएको, विगतमा आफूँ संलग्न रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जमा रहँदा बीस वर्षको अवधि र एभरेष्ट एफएम ९३ मेगाहर्जमा विगत तीन वर्ष यता कार्यक्रम विश्व ज्योतिष जागरण अभियान सञ्चालन भई स्वदेश विदेशका लाखौं ज्योतिष जिज्ञासुलाई ज्योतिष र ज्योतिष पत्रकारिताको ज्ञान पु¥याउनमा महत्वपूर्ण योगदान दिनुभएकोमा सो उच्च मूल्यांकन गर्दै उहाँलाई वरिष्ठ रेडियो पत्रकार सम्मान गरिएको हो ।

स्मरण रहोस, सर्वोच्च अदालतमा वरिष्ठ हुनका लागि १५ हजार बुझाउने शर्त भए जस्तो उहाँसँग विगत २३ वर्ष यता कुनै प्रकारको नगद लेनदेन नगरिएको र विशुद्ध निःस्वार्थ भावनालाई कदर गर्दै सम्मान प्रदान गरिएको हो ।