ज्योतिष परामर्श लिएर उम्मेदवारी दिँदा मेरो जित भएको हो : बालेन साह
डा. सन्तोष उपाध्याय रेग्मी/वसन्त कोइराला
तालुमा आलु फल्छ यो नेपाली उखान ठ्याक्कै सार्थक भएको छ काठमाडौं महानगरपालिका मेयर बालेन साहले यहि वैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा मेयरको पद जितेपछि ।
देशकै राजधानी रहेको काठमाडौं महानगरपालिकाको मेयर हुनु चानचुने विषय छँदै थिएन । जुन देशमा ७९ वटा राजनीतिक पार्टी दर्ता भएका थिए र दर्जनौं पार्टीका उम्मेदवारले आ–आफ्ना उम्मेदवार उठाएका थिए त्यस्तो अवस्थामा कुनै पनि पार्टीमा नलागि स्वतन्त्र उम्मेदवार भई काठमाडौं महानगरपालिकाको मेयर पद जित्नुमा कर्मको मात्र खेल नभएर कर्म र भाग्य दुवैको संयुक्त प्रयासबाट सम्भव भएको मेयर बालेन साहले स्वीकार्नु भएको छ ।
आफ्नो फेसबुक स्टाटसमा– ‘मैले ज्योतिषीसँग परामर्श लिएर बिहान ११ः बजेर ३ मिनेटमा उम्मेदवारी दिएको छु, म चुनाव निश्चित जित्छु’ भनेर उद्घोष गरेका बालेन साहलाई मेयर पदमा जितेमा थानाकोटदेखि रत्नपार्कसम्म नाङ्गै हिँड्ने कसैले बताएका थिए भने कुनै महिलाले आफ्नो सर्वाङ्ग वस्त्र निःर्वस्त्र भएर देखाइदिनेसमेत अप्रत्यक्ष चेतावनी दिएका थिए ।
यस्तो हुँदाहुँदै पनि काठमाडौंको मेयर पदमा तराई मूलका बालेन साहले चुनाव जित्नु भनेको– ‘अगर भगवान् देता है तो छप्पर फाड के देता है’ भन्ने यो हिन्दी उखान शतप्रतिशत सत्य सावित भएको छ । मतदाताले जेसुकै सोचे पनि बालेन साहले मनमनै सोच्नु भएको छ, ज्योतिष परामर्श लिई उम्मेदवारी दिँदा मेरो जित भएको हो । देशकै राजधानीमा ज्योतिष परामर्शका आधारमा चुनाव जितेका बालेन साहबाट ज्योतिषको क्षेत्रमा समेत महत्वपूर्ण कार्यक्रम ल्याइने र प्रत्येक स्कूल, बोर्डिङमा ज्योतिष र संस्कृत विषयको पाठ्यक्रम लागू नहोला भन्न सकिँदैन, किनकि स्थानीय ऐन अनुसार स्थानीय पाठ्यक्रम स्थानीयको माग बमोजिम निर्माण गर्न पाउने कानूनी हक नै रहेको अवस्थामा सो कार्यक्रम हुन्छ हुँदैन हेर्न बाँकी छ ।