अमेरिकाको डी.भी. चिट्टाभन्दा गणेशशान्ति दुर्लभ
सन्तोष रेग्मी/कृष्णप्रसाद दाहाल
भारत, भुटान, श्रीलंका मालदिब्सका उपभोक्ता औंठी धारणमा ज्यादा विश्वास गर्दछन्, जो धनाढ्य व्यक्तिको उपचार हो ।
मध्यम वर्गीय नेपाली नागरिक चिना हेराएर ग्रहशान्ति गराउनमा आँफूलाई अभ्यस्त भएको पुष्टि गरिरहेका छन् । सक्नेले औंठी धारण नसक्नेका लागि तान्त्रिक या वैदिक विधिका ग्रहशान्ति ज्योतिष उपचारमा ख्यातिप्राप्त माध्यम रहँदै आएकामा हामै्र नेपालमा प्राध्यापकले गणेशपुराणमा आधारित उपचार खण्डलाई गणेशशान्तिका रुपमा पत्ता लगाई प्राक्टिकल गर्दै जाँदा सर्वाधिक उपयोगी उपचारका रुपमा स्थापित त भयो तर उच्च चेतनाको अभावमा ज्योतिषका उपभोक्ता यसलाई आँफै राम्रोसँग बुझ्न अन्कनाई रहेको अवस्था छ ।
जब कसैले पित्तलका नक्कली गहना लगाउन अभ्यस्त भै सक्यो भने सुनका गहनाको महत्व स्वतः कम हुन्छ । त्यस्तै रिजल्टमुखी उपचार भन्दा गरियोमात्र भन्नका लागि गरिने उपचार काम चलाउ हुँदोरहेछ ।
भाग्यमा नभएकाले नबुझोस तर भाग्यमा भएका व्यक्तिले महत्वपूर्ण तथ्यलाई अवश्य बुझ्दा रहेछन् भन्ने प्रमाण पोखरा–१४, चाउथे निवासी गिरि थरकी महिला एवं पोखरा–२, भैरवटोल निवासी ताराबहादुर वि.क. दीनेश, सुनिता वि.क.ले दिएका छन् ।
आफ्ना घरभरिका पारिवारिक चिना हेरी सकेपछि ग्रहशान्ति गराउने कि गणेशशान्ति ? प्रत्येक व्यक्तिलाई रोजाइन्छ तर भाग्यमा भएका व्यक्तिले मात्र गणेशशान्ति रोजेको ज्योतिष भविष्यवाणीको अनुसन्धानमा भेटिएकोछ ।
विगत ३ वर्ष यता “ज्योतिष भविष्यवाणी” कार्यालयमा ज्योतिष परामर्श लिन आउने व्यक्तिलाई गणेशशान्ति उपचार बाहेक अन्य उपचार नगरिएको र तीन वर्षको अवधिमा गणेशशान्ति गराउने परिवार सयज्यादा ननाघेकोले हजारौं व्यक्तिमध्ये गणेशशान्ति दुर्लभ केही व्यक्तिलाई मात्र लेखिएको हुँदोरहेछ भन्ने पुष्टि भएकोछ ।