विश्व ज्योतिष जागरण अभियान नेपालको पाङबाट

विश्व ज्योतिष जागरण, अभियान नेपालबाट शुरु भएको थियो वि.सं. २०७८ भदौ ६ गते बेलुका ४ः५ बजेदेखि एभरेष्ट एफ.एम. ९३ मेगाहर्ज पोखरा–५, प्रस्याङस्थित रेडियो स्टेशनबाट । शुभसाहित भदौ १ गते बिहान ९ः०५ मिनेटमा उद्घाटन गरिए तापनि भदौ ६, २०७८ देखि शुरु गरिएको विश्व ज्योतिष जागरण अभियानले ९ महिना ११ दिनको यात्रा तय गर्न सफल भएको छ ।

पर्वत जिल्लाको पाङ खुर्कोटमा सीमित ज्योतिष शिक्षालाई मेचीदेखि महाकाली १०५० किलोमिटरको दूरीभित्र फैलाउँदै वि.सं. २०५३ फाल्गुन ९ गतेदेखि २०७८ श्रावण महिनाको मसान्तसम्म नेपालका ३९१५ गा.वि.स. हाल ७५३ स्थानीय निकायलाई दक्ष ज्योतिष भविष्यवक्ता तयार गरेपश्चात् शुरु गरिएको ‘विश्व ज्योतिष जागरण अभियान २०७८’ अब विश्वको एकमात्र ज्योतिष जागरण अभियानकारुपमा अगाडि बढिरहेको छ ।


मेची–महाकाली ज्योतिष जागरण अभियानका सह–अभियन्ता रेडियो अन्नपूर्ण ९३.४ का पूर्व कार्यकारी प्रमुख, वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठको सह–कार्यमा २० वर्ष पूरा गरी २१ वर्षमा लागेपछि वि.सं. २०७८ भदौ १ गतेको दिन करार सम्झौतापश्चात् मेची–महाकाली ज्योतिष जागरण अभियान वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठकै सहकार्यमा विश्व ज्योतिष जागरण अभियानकारुपमा रुपान्तरण भएर अगाडि बढेको हो ।

ज्योतिष शिक्षा कुनै जात जातिमा सीमित छैन भन्ने पुष्टि श्रेष्ठ र उपाध्याय ब्राह्मण हामी दुई जनाले पुष्टि गरिरहेका छौं । जब एभरेष्ट एफ.एम. ९३ मेगाहर्ज नेपालको पोखरादेखि प्रत्येक साँझ ठीक ४ः४५ बजेदेखि ५ः४५ बजेबीच कार्यक्रम विश्व ज्योतिष जागरण अभियानको आवाज इन्टरनेटको माध्यमबाट विश्वका कुना–कुनामा सुनिन्छ तब यो कार्यक्रम प्रत्येक जातजातिले सुनिरहेका हुन्छन् भन्ने आम श्रोताहरुले बुझेको हुनुपर्दछ । बाहुनले पढ्ने होला है ज्योतिष त ? महिलाले पनि ज्योतिष पढ्न हुन्छ ? दलितले पनि ज्योतिष पढ्न हुन्छ र ? ज्योतिष सिक्न सिकाउन सकिने विद्या होइन । ज्योतिष शिक्षालाई सिकेर के काम ? यसलाई पेशा बनाउन पाइने होइन, ज्योतिष शिक्षा जस्तो ज्ञानको शुल्क लिनै हुन्न । ज्योतिष शिक्षालाई जो कसैलाई सिकाउन हुन्न भन्ने नेपालीलगायत विश्व आम सर्वसाधारणको भ्रम हटाउन सफल मेची–महाकाली ज्योतिष जागरण अभियानको प्रमोशन भएको हो विश्व ज्योतिष जागरण अभियान । मेची–महाकाली ज्योतिष जागरण अभियानका २५ वर्ष सम्पूर्ण ज्योतिष जिज्ञासु, आम नेपालीका लागि महत्वपूर्ण सावित गरेर अब हामी विश्व ज्योतिष जागरण अभियानको यात्रामा छौं ।


झापा जन्म भै हाल कास्की कर्मथलो बनाउनु भएका वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठ जस्तै के तपाईं पनि हामीसँग सहकार्य गर्न तैयार हुनुहुन्छ ? यदि हुनुहुन्छ भने कार्यक्रम विश्वज्योतिष जागरण अभियानलाई एउटा बुलेट बाइकको आवश्यकता छ । त्यस्तै राम्रो स्तरीय क्यामेराको पनि आवश्यकता छ । तपाईं जो–जोसँग जे छ तपाईं विश्व ज्योतिष जागरण अभियानमा त्यही लगाउन सक्नुहुनेछ । ल्यापटप विक्रेताले एउटा ल्यापटप उपलब्ध गराएर, स्थानीय व्यक्तिले तपाईंको घरमा आउँदा सशुल्क बास, खाना खुवाएर, प्रेसले हाम्रा ज्योतिष शैक्षिक सामग्री प्रकाशित गरिदिएर । हामीसँग जे सेवा उपलब्ध छ, आपसमा विनिमय गर्दै हातेमालो गर्दै अगाडि बढौं तपाईं हामी सामूहिकरुपमा सफल हुने छौं । आफूसँग भएको ज्ञान लुकाएर अरुलाई दिए सकिन्छ कसैले नभनि तपाईं हामी प्रत्येक क्षेत्रमा सहकार्य गरौं विश्वज्योतिष जागरण अभियान पूर्ण सफल हुनेछ । विश्व ज्योतिष जागरण अभियानको पहिलो उद्देश्य विश्वव्यापी ज्योतिष जनचेतना हो भने दोस्रो महत्वपूर्ण उद्देश्य शिक्षित बेरोजगार या आंशिक स्वरोजगारलाई ज्योतिष सिकाएर पूर्ण स्वरोजगार बनाउने हो

। कार्यक्रम विश्व ज्योतिष जागरण अभियानको तेस्रो प्रमुख लक्ष्य हो आ–आफ्नो धर्म तथा राष्ट्रियता, संस्कार, संस्कृतिको जगेर्ना गर्नु । यदि तपाईं माथिका उद्देश्यसँग सहमत हुनुहुन्छ भने माथि उल्लेखित उद्देश्य सफल पार्दै वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयको स्थापना तथा ज्योतिष शिक्षालाई विश्वव्यापी बनाऔं । कार्यक्रम विश्वज्योतिष जागरण अभियानका प्रथम सहयात्री सहकर्मी वरिष्ठ पत्रकार दीपेन्द्र श्रेष्ठलाई हार्दिक आभार व्यक्त गर्दै तपाईं सबैको सहकार्य निमित् हार्दिक आह्वान गर्दछु । अभियन्ता – विश्वज्योतिष जागरण अभियान ।