महिला ज्योतिष भविष्यवक्ताको सन्दर्भमा मेची–महाकाली ज्योतिष जागरण अभियान
नेपालको ज्योतिष शैक्षिक इतिहासमा मेची–महाकाली ज्योतिष जागरण अभियान एउटा अभूतपूर्व आन्दोलन सावित भएको छ धेरै क्षेत्रमा । यसका विविध आयामबारे कुनै मास्टर वा पी.एच.डी.का छात्र–छात्राले शोधपत्रमा विस्तृत अध्ययन अनुसन्धान गरी यसको औचित्यतालाई स्थापित गर्लान् भन्ने अपेक्षा यसको संयोजकले गर्नु स्वाभाविक हो । पर्वत जिल्लाको पाङ नेपालकै ज्योतिष शिक्षाको राजधानी मानिदै आए तापनि विगत २३ सय वर्ष यता पाङमा आएर कुनै पनि महिलाले ज्योतिष पढेर गएको, सफलतापूर्वक आजीवन ज्योतिष परामर्शमा लागेको रिकर्ड पाइँदैन ।
वि.सं.२०५३ फाल्गुन ९ गते मेची बहुमुखी क्याम्पस भद्रपुर झापा जिल्लामा कार्यक्रम उद्घाटन गरी धुलावारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयको केन्द्रीय कार्यालयमा झापा जिल्लास्तरीय ज्योतिष प्रशिक्षण कार्यक्रम शुरु गर्दा शान्ती नेपाल तथा बबिता भट्टराई दुई जना छात्राले हल्का चाँसो राखेर सहभागी हुँदाहुँदै बीचमा छोडेर अन्य ७६ जना पुरुषले ज्योतिष प्रशिक्षण पाठ्यक्रम पूरा गरेका थिए । सायद महिलाले ज्योतिष पढ्न हुँदैन कि ? भन्ने लागेर छोडेको जानकारी पछि पाइयो । पछिल्ला वर्षमा झापा जिल्लाको गौरादह जन्मेकी रेश्मा खड्काले प्रोफेशनल ज्योतिष डिप्लोमा अध्ययन पूरा गरी आजको मितिसम्म निरन्तर ज्योतिष परामर्शमा लागेकी झापाकी पहिलो महिला ज्योतिष भविष्यवक्ता हाल माघ महिनादेखि क्यानडामा कार्यरत हुनुहुन्छ । ज्योतिष पढेर चाइना जाने पहिलो महिला पनि रेश्मा खड्का झापाली नै पहिलो हो ।
इलाम जिल्लास्तरीय ३ महिने प्रोफेशलन ज्योतिष डिप्लोमा अध्ययन गर्ने ३२ जना पुरुष महिलामध्ये सरस्वती सुवेदी पहिलो इलामे महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ जो इजरायल देशमासमेत पुगेर त्यहाँ पुगेका नेपाली महिलालाई ज्योतिष परामर्श दिँदै हाल विवाह भै झापाको विर्तामोडमा हुनुहुन्छ । पूर्वाञ्चलको मुटु मोरङ जिल्लास्तरीय प्रोफेशनल ज्योतिष डिप्लोमा पूरा गरेर सक्षम महिला ज्योतिष भविष्यवक्ता बन्ने मोरङकी पहिलो थापा महिला आभा थापा हुनुहुन्छ जसले जन्मकुण्डली लेखन तालिम ३ घण्टामा पूरा गर्नु भएको थियो । भारत राजस्थानकी मारवाडी महिला हाल विराटनगर १४ निवासी सन्तोष गोयल पहिलो मारवाडी महिला ज्योतिषी हुने सौभाग्य पाउनु भयो मोरङ जिल्लास्तरीय प्रोफेशलन ज्योतिष डिप्लोमा तािलमबाट । विराटनगर निवासी मञ्जु शर्मा मोरङ जिल्लाको तेस्रो महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ जसले पटना, राजस्थानसमेतका मारवाडी तथा नेपालीहरुलाई ज्योतिष परामर्श दिइरहनु भएको छ ।
पश्चिमाञ्चल तथा मध्यमाञ्चलमा नवलपरासी जिल्लाको कावासोती केन्द्रमा वि.सं. २०५६÷२०५७ सालमा प्रोफेशनल ज्योतिष डिप्लोमा पूरा गरेकी ईश्वरी काफ्ले नवलपरासी जिल्लाकै पहिलो महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ । स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका कुभिन्डे जन्म भई हाल पोखरा–१७ बिरौटालाई कर्म क्षेत्र बनाउने कल्पना सुवेदी स्याङ्जा जिल्लाको विधिवत् प्रोफेशनल ज्योतिष परामर्शमा लाग्नु भएकी पहिलो स्याङ्जाली महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ । तनहूँ जिल्लामा जन्म भै हाल पोखरा १७ छोरेपाटनमा ज्योतिष पेशामा संलग्न महिला ज्योतिष भवियष्वक्ता धना पोखरेल तनहुुँ जिल्लाकै पहिलो महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ, उहाँ विवाह भै कास्कीको पोखरामा आएपछि नवलपरासी जिल्लामा जन्म भै हाल तनहुँको दमौली व्यास–२ गणेशमान चोक निवासी तनहुँ जिल्लाको पहिलो वरिष्ठ महिला ज्योतिष भविष्यवक्ता हुनुभएको छ सुमिता ज्ञवाली पौडेल । कास्की जिल्लाकी पहिलो महिला ज्योतिष भविष्यवक्तामा सरस्वती त्रिपाठी हेमजा, वरिष्ठ ज्योतिष भविष्यवक्ता दुर्गा आचार्य दाहाल, पोखरा–१० अमरसिंह निवासी वन्दना क्षेत्री, कैलाली जिल्ला जन्म भै कालिकोट जिल्ला विवाहित भूवन भण्डारी, पर्सा जिल्लाको बिरगञ्जमा जन्म भै बाग्लुङ विवाहित प्रेमा रावल श्रेष्ठ बाग्लुङ जिल्लाको पहिलो महिला ज्योतिष भविष्यवक्ता हुनुभएको छ । त्यस्तै गोर्खा जिल्लाको हरमटारी निवासी रीता अधिकारी गोर्खा जिल्लाको पहिलो महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ । लमजुङ जिल्लाको गिलुङ जन्म भै हाल हङकङमा कार्यरत प्रेमकुमारी गुरुङ लमजुङ जिल्लाको पहिलो महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ । कास्की स्थायी घर भै हाल बेलायतको लन्डन कार्यरत बिना गुरुङ, नानुमाया गुरुङ, रजनी गुरुङ मेची–महाकाली ज्योतिष जागरण अभियानद्धारा उत्पादित सफल महिला ज्योतिष भविष्यवक्ता हुनुहुन्छ । त्यस्तै पर्वत जिल्लाको खुर्कोट–४, उपल्लो पाङ रेग्मीथोकमा जन्म भै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त एवम् ज्योतिष व्यक्तित्व एवम् कृतित्वमा विश्व ज्योतिष विद्यापीठ कलकत्ताबाट पी.एच.डी. गर्ने नेपालकै पहिलो वरिष्ठ महिला ज्योतिष भविष्यवक्ता डा. सीता रेग्मी हुनुहुन्छ ।