हे मनुष्य! तिमी कर्म गर्न सक्छौ फल तोक्न सक्दैनौं/ज्योतिषाचार्य मधु रेग्मी (कृष्ण )
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मेरो मत अनुसार श्रीमद्भागवद्गीता विश्व साहित्यको एउटा यस्तो पुस्तक हो जुन आजभोलिको किशोरावस्था प्रवेश गर्दै राखेका बाल-बालिकाहरुलाई पढाउनु आवश्यक छ खास गरेर अहिलेको जमाना जुन समय किशोर अवस्थामा प्रवेश गरेपछि उनिहरुलाई थाह नै हुदैन उनिहरु के गर्दै छन् ।
वर्षमा जब रिजल्ट आउछ तब थाह हुन्छ अहिलेको जनरेशनका बाल बालिकाहरु भित्रबाट कति कमजोर भएका छन् हुन पनि किन नहोस् आजभोलिको वैज्ञानिक प्रविधिका धेरै कुराले मनुष्य जीवनलाई सजिलो बनाएपनि व्यक्तिलाई भित्रबाट कमजोर बनाउँदै गएको छ र वैज्ञानिक प्रविधिको साथमा पाश्चात्य जगको आचरणलाई अपनाउदै जांदा झन् यसमा वृद्धि भएको छ, श्रीमद्भागवद्गीता एउटा यस्तो पुस्तक हो जसलाई आज विश्वमा एउटा आदर्शको रुपमा चिनिन्छ जसको श्रेय पुज्य परमपाद महाराजलाई जान्छ वहाँले आफ्ना गुरुको आज्ञापालन गरेर श्रीमद्भागवद्गीताको अंग्रेजी अनुवाद गर्नुभयो र वहाँको विश्व भ्रमण शुरु भयो र प्रत्येक देशले गीता पायो तर हामीहरु भने अझै त्यो कुरालाई मान्न तैयार छैनौ पछिल्लो समयमा विश्वका केही प्रमुख विश्वविद्यालयहरुले पाठ्यक्रम मा श्रीमद्भागवद्गीतालाई महत्वपूर्ण स्थान दिएको छ तर हाम्रो देशमा गीता केवल हिन्दू धर्मको ग्रन्थ मानिन्छ र यसलाई खासै योग्यता दिएका छैनन् भन्छन् नि नजिकको तीर्थ हेला नै हुन्छ त्यही कुरा यहाँ शतप्रतिशत लागु हुन्छ, कोई किन?
श्रीमद्भागवद्गीताले न केवल व्यक्ति भित्रबाट शशक्त बनाउछ अपितु यसले हाम्रो विभिन्न प्रश्नहरुको उत्तर पनि दिन्छ यसमा भगवान श्रीकृष्णले कुरुक्षेत्रमा निराश भएका अर्जुनलाई शशक्त बनाउनको लागि क्रमशः उपदेश दिनुभएको छ त्यही क्रममा एउटा श्लोक आउछ
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भुर्मा ते संगोऽस्त्वकर्मणि ॥
यो श्लोक को प्रथम लाईन हेर्दा सामान्य अर्थको जस्तो लाग्छ तर त्यसको अर्थ बुझ्दा गहिरो अर्थ लाग्छ।
भगवान श्रीकृष्णले भन्नुहुन्छ हे अर्जुन यहाँ पाप र पुण्यको चिंता किन गर्छस्। कर्म गर्दै जा फलको आशा लिएर अगाडी किन बढेको छस् सामान्य अर्थमा यस्तो अर्थ लाग्छ तर यो श्लोकको माध्यमबाट भगवानले भाग्य र भक्तिको अस्तित्व लाई पनि सम्झाउनु भएको छ ।
किनकी वहाँ ले भन्नुहुन्छ हे अर्जुन यो संसारमा व्यक्ति कर्म आफ्नो अनुहारले गर्न सक्छ त्यो उसको अधिकारमा छ तर त्यो कर्मको फल के मिल्छ त्यो निर्धारित गर्ने अधिकार उसलाई छैन, त्यही भएर कर्म गर्दै जाऊ बांकी म माथि विश्वास गर।