सुदूरपश्चिमाञ्चल साहित्य समाज २५ औं वर्षमा

रामनाथ अधिकारी संगी । सुदूरपश्चिमाञ्चलको धनगढी कैलालीमा वि.सं. २०५१ सालमा स्थापना भएको सुदूरपश्चिमाञ्चल साहित्य समाज २५ वर्षमा प्रवेश गरेको छ । वर्तमानसम्म आइपुग्दा समाजका पाँचसय बढी आजीवन सदस्य रहेका छन् । सस्ंथाल ेआफ्न ैजग्गामा दानदाताको सहयोगबाट तीनतले पक्की भवन निमाणर््ा गरको ेछ भन ेपाचँसय बढी अट्ने छुट्टै सभाहलसमेत निर्माण गरेको साहित्य समाजले करिब १० लाख जति रकम सकंलन गरको ेछ । संस्थाप्रतिको विश्वास र भरोसाकै कारण १५ जना बढी साहित्यकार, समाजसेवी, उद्योगपतिले आ–
आफ्ना मातापिताको स्मृतिमा विभिन्न अक्षयकोष स्थापना गरेका छन् । उक्त अक्षयकोषबाट विभिन्न स्रष्टा साधक सम्मानित हुने क्रममा पछिल्लो समय पोखराका प्रा.डा. कुसुमाकर न्यौपाने र कैलाली–३ फूलबारी स्थायी घर भई हाल पोखरामा अस्थायी बसोबास गर्दै आएका रामनाथ अधिकारी सगँीलाई पुरस्कृत गरिएको छ । यस्तै समाजले निकट भविष्यमा विभिन्न विधामा ख्याति कमाएका अग्रज व्यक्तित्वलार्इ सम्मान तथा परुस्कतृ गर्ने, विभिन्न कृति प्रकाशन गर्ने लक्ष्य लिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिनुभयो ।