सपना तथा उनिहरुको फल/astrologerMR

सपना तथा उनिहरुको फल

जुन समयमा पंचकर्मेंद्रिय,पंचज्ञानेंद्रिय र मन आफ्नो आफ्नो कार्यबाट लगभग विरक्त हुन्छन् तथा विभिन्न प्रकारका ज्ञानहरु नष्ट हुन्छन् त्यो समयलाई स्वप्नकाल भनिन्छ,सपना दुई प्रकारका हुन्छन् १. इष्टफललाई जनाउने वाला २. दुष्टफललाई जनाउने वाला।
इष्टफल स्वप्न अर्थात् शुभ कल्याणकारी सपना जसको माध्यमबाट तपाईलाई भविष्यमा आउने शुभ घटनाको पूर्व संकेत देखिन्छ ।
दुष्टफल स्वप्न अर्थात् भविष्यमा घटित हुने कुनै खराब घटनाको पूर्व संकेत।
सामान्यरुपमा मानिसले सुतेको बेलामा देखिने दृश्यलाई सपना भन्छ तर ज्योतिष शास्त्र अनुसार सपनाको पनि एउटा निश्चित समय र समय अनुसार नै त्यसको फल हुन्छ। शास्त्र अनुसार एक दिनलाई आठ प्रहरमा बाडिएको छ र प्रत्येक प्रहर ३ घंटाको रहन्छ ।आठ प्रहरहरुको नाम : दिनका चार प्रहरहरु 1.पूर्वान्ह, 2.मध्यान्ह, 3.अपरान्ह 4.सायंकाल। रात का चार प्रहरहरु- 5.प्रदोष, 6.निशिथ, 7.त्रियामा 8.उषा।
कुन समयको सपना कति समयभित्र फलिभूत हुन्छ?
१.यदि तपाईले रातको प्रथम प्रहरमा सपना देख्नुहुन्छ भने त्यो सपनाको फल एक वर्षभित्रमा मिल्छ।
२.रात्रीको दोस्रो प्रहरमा सपना देख्नुहुन्छ भने आठ महिनाभित्र त्यो सपनाको फल मिल्छ।
३.रात्रीको तेस्रो प्रहरमा सपना देख्नुहुन्छ भने त्यसको फल तीन महिनाभित्र मिल्छ
४.रात्रीको चौथों प्रहरमा सपना देख्नुहुन्छ भने त्यो सपनाको फल एक महिनाभित्र मिल्छ ।
५. रात्रीको चौथों प्रहरीको अंतिम चार घडीमा सपना देख्नुहुन्छ भने दश दिन भित्र सपनाको फल मिल्छ।
६.जुन बेलामा बिहान- बिहान गाईहरुलाई चर्न पठाइन्छ त्यो भेलालाई गोविसर्जन समय भनिन्छ त्यो समयमा सपना देख्नुहुन्छ भने तत्काल फल मिल्छ।
सामान्य इष्टफल बोधक सपनाहरु
नदी तथा समुद्रलाई पार गर्नु,आकाशमा उड्नु,सूर्योदय देख्नु, प्रज्वलित अग्नि देख्नु,सूर्यादि नवग्रह,ताराहरु तथा नक्षत्रहरुलाई देख्नु,ठुला ठुला महलहरुमा चढ्नु, मंदिरको शिखरमा चढ्नु,हिमाल चढ्नु,सपनामा मदिरापान गर्नु,मासु खानु,शरीरमा दिशा तथा रगतको लेपन गर्नु,दहीभात खानु,सेतो चंदन,सेतो वस्त्र लगाएको व्यक्तिहरुलाई देख्नु,देवता, ब्राह्मण, चंद्रमा,छत्रभूमि,कमल,राजा,सेतो कलश,सेतो कपडा,महिलाको रत्नहरु,गोरु,पर्वत, हिमालय, दुग्ध वृक्ष(जुन वृक्षबाट दुध निस्किन्छ)फलसहित वृक्ष,शीशा,मासु,फूलमाला, इत्यादि सपनाहरु शुभकारक मानिन्छन् ।
सामान्य दुष्टफल सपनाहरु
यज्ञको खंबामाथि चढ्नु,पलाशको वृक्षमा चढ्नु,खेतमा कमिलाको गोलो देख्नु,नीमको वृक्षमा चढ्नु,तेल,कपास,फलाम,रातो कपडा लगाउनु,ओढ्नु,नदीलाई रगतको खोलाले काटेको। नक्षत्र,ताराहरु खसेको,रातो कपडा लगाएको महिलालाई नुहाउदै गरेको,आफुलाई नुहाई दिएको,कपाल तथा दांत खसेको,भैसी,गदा र ऊंटको रथमा बसेको, इत्यादि खराब सुचक सपनाहरु हुन्।
के गर्ने?
रात्री सूक्त को एक सौ आठ आहुति दिएर होम गर्ने।