सन्तान प्राप्तिका लागि गणेश वैज्ञानिक उपचार

डा. सीता रेग्मी
नेपाल सरकारद्धारा मान्यता प्राप्त नेपालको इतिहासमै पहिलो गणेश वैज्ञानिक उपचार कसैले ग्रहशान्तिको लागिमात्रै गराउँदै आएका छन् भने कसैले सन्तान प्राप्तिका लागि । ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.को आयोजनामा पोखरा–२, विन्ध्यवासिनी मन्दिर दक्षिण गल्ली गणेशमन्दिर परिसरमा यहि चैत्र २२ गते मंगलवार मंगलचौथीको दिन गराइएको गणेश वैज्ञानिक उपचार दुवै लक्ष्यका लागि गराइएको छ ।

कास्की जिल्ला निवासी सोमकला थापाले विगत धेरै वर्षदेखि आँफूलाई गर्भ लाग्ने तर दुई महिनादेखि चार महिनाभित्रमा त्यो गर्भ नोक्सान भई जाने, उपचार गराउँदा गराउँदा ११ लाख जति खर्च हुँदा पनि सो उपायको समाधान नभेटिएपछि गणेश वैज्ञानिक उपचार गराउनु भएको हो मात्र सन्तान प्राप्तिका लागि ।

पेशा व्यवसायमा सफल सोमकलालाई अरु कुनै कुराको कमि छैन कमि थियो त सन्तानको मात्रै चाहे छोरी होस् चाहे छोरा होस् । त्यस्तै तनहुँ जिल्ला निवासी शिवबहादुर वंशी, गौकुमारी वंशी, द्रोणराज वंशी, कुलबहादुर वंशी, ईच्छाकुमारी परिवारले योगिनी, त्रिभागी, विंशोत्तरीय सम्पूर्ण ग्रहको बाधा निवारण होस्, आफ्नो मनमा लागेका सम्पूर्ण काम यथाशीघ्र सफल रहनु भन्ने कामनाका साथ गणेश वैज्ञानिक उपचार सोहि दिन गराउनु भएको छ ।

सो गणेश वैज्ञानिक उपचारका प्रथम प्रयोगकर्ता आयुर्वेद तथा गणेश वैज्ञानिक चिकित्सक प्राध्यापक डा. बलराम उपाध्याय रेग्मीद्धारा गराइएको सो उपचार बिहान ९ बजेदेखि शुरु भई दिनमा २ बजे सम्पन्न भएको थियो ।