श्रावण ३० गते बिहीवार जनैपूर्णिमा तथा रक्षाबन्धनको पावन पर्व/ज्योतिषाचार्य मधु रेग्मी ‘कृष्ण’

श्रावण ३० गते बिहीवार श्रावण शुक्ल पूणिर्मा अर्थात् हिन्दूहरुको धार्मिक तथा सांस्कृतिक पर्व जनैपूणिर्मा तथा रक्षाबन्धनको विशेष दिन परेको छ यस दिन श्रावणी उपाकर्म पवित्र तिर्थादिको स्नान गरेर जनैपूणिर्मालाई विशेष तरिकाले मनाइन्छ । धार्मिक मान्यतानुसार महषिर् याज्ञवल्क्यले भगवान् सूर्यनारायणबाट श्रावण शुक्ल पूणिर्माको दिनमा वेद प्राप्त गर्नु भएको थियो त्यही भएर यस दिनलाई वेदजयन्ती नामले पनि चिनिन्छ । यस दिन नयाँ यज्ञोपवित्र तथा रक्षासूत्र धारण गरी पर्वलाई धुमधामका साथ मनाइन्छ । यज्ञोपवित नभएका युवाहरुको यस दिन योग्य गुरु हरुको सान्निध्यमा यज्ञोपवित संस्कार गराइन्छ । मनुस्मृति तथा धर्मग्रन्थ अनुसार ब्राहृमण बालकको ५ र ८ वर्षा, क्षत्रीय बालकको ११ वर्ष तथा अन्यको १६ वर्षभत्र यज्ञोपवित गराउनुपर्छ तरवर्तमान अवस्थालाई देख्दा कुनै पनि बालकको कम्तिमा पनि १६ वर्षभत्र गराउन सकिन्छ ।वर्तमान अवस्थामा पूर्णतया धार्मिक परिवेशको बालक छोडेर अन्य ब्राहृमण क्षत्रिय बालकहरुले पनि ५, ८ अथवा ११ वर्षतर कुनै पनि अवस्थामा यज्ञोपवितको नियम पालन गर्न सक्दैनन् त्यही भएर जब उनीहरु यो कर्तव्यलाई सही नियमअनुसार पालन गर्नमा सक्षम हुन्छन् त्यो समयमा उनीहरुको यज्ञोपवित संस्कार गराउनु पर्छ तथा जसको पहिलै यज्ञो पवित संस्कार भैसकेको छ उनीहरुलाई शास्त्रअनुसार ४ महिना पुगेपछि जुठा सुत्केरा परेर अम्केपछि, जीर्ण र मैलो यज्ञोपवित्र भएपछि पुरानो यज्ञपवित्र निकालेर मन्त्र उच्चारणको साथमा यज्ञोपवित्र धारण गर्नुपर्दछ। यज्ञोपवित्र संस्कार गरेपछि मात्र धार्मिक नियम अनुसार व्यक्तिलाई स्वाध्याय तथा यज्ञादि गर्ने अधिकार प्राप्त हुन्छ र उनीहरुलाई द्धिज भनेर चिनिन्छ । द्धिज अर्थात दोस्रो जन्म भएको प्रथम माताको गर्भबाट तथा दोस्रो यज्ञोपवित्र संस्कार भएपछि । यज्ञोपवित्र धारण गर्दा ११ गायत्री मन्त्र र यज्ञोपवितम् परमं पवित्रं प्रजापतेयंत्सहजं पुरस्तात् । आयुष्यमग्रं प्रतिमञ्च शुभ्रं यज्ञोपवितं बलमस्तुतेजः ।। इत्यादि मन्त्र तथा गायत्री मन्त्र उच्चारण गरेर यज्ञोपवित्र धारणगर्ने प्रचलन छ । यज्ञोपवित्र संस्कार हिन्दुधर्मभित्र रहेका १६ संस्कारमध्येको एउटा विशेष संस्कार हो । कुनै पनि मनुष्यभित्र सत्वगुण, रजोगुण र तमोगुण तीन प्रवृत्तिहरु हुन्छन् ।तीनवटै प्रवृत्तिहरुमध्ये सत्वगुण प्रवृत्तिलाई बढाउने उद्देश्य लिएर यज्ञोपवित संस्कार गराइन्छ। महर्षि दयानन्द सरस्वतीको अनुसार यज्ञोपवितका तीनवटा धागाले -डोरी) ब्रहृमचर्य, गृहस्थ तथा वानप्रस्थ आश्रमको संकेत गर्छन् साथै अन्य पितृऋण, गुरु ऋण र देव ऋणलाई संकेत गर्छन् तथा अन्य मतानुसार तीनवटा धागालाई त्रिदेवको संकेत पनि मानिन्छ । यज्ञोपवित धारण किन गर्ने वैज्ञानिक कारण – दुवै कानहरुमध्ये दाहिने कानमा सूर्य नाडीहुन्छ र हाम्रो कानको नाडीहरुको सिधा सर्म्पर्क हाम्रो आँतसँग हुन्छ । त्यही भएर मलमूत्र बिर्सजन गर्दा कानमा यज्ञोपवित बेरेर जाँदा हाम्रो कानको एक्युप्रेशर प्वाइंटमा दबाब पर्छ जसको कारण मलमूत्र बिर्सजन राम्ररी हुन्छ साथै यही नाडीको माध्यमबाट रक्तचाप, कब्जियत इत्यादि रोगहरु कन्ट्रोल हुनजान्छन् । यज्ञोपवित इत्यादि कर्मपछि आफूले मान्ने गुरु अथवा मन्दिरमा गएर रक्षासूत्र बाध्ने नियम छ । रक्षाबन्धन धारणा गर्दा येन बद्धो बलिःराजा दानवेन्द्रो महावलः। तेनत्वां प्रतिवध्नामि रक्षमाचलमाचल ।। अर्थात जसरी सत्ययुगमा दानवद्धारा लखेटिएका देवगणलाई बचाउन गुरु बृहस्पतिले रक्षा विधान तयार गरी रक्षाबन्धनद्धारा राजा बलीलाई बाँधेका थिए त्यसरी नै मैले तिमीलाई रक्षाको निम्ति यो रक्षासूत्र बाँधेको छु । यसले तिमी सुरक्षित बन, विचलित नहोस् साथै भारतीय मान्यतानुसार आजका दिनमा दिदीबहिनीले
दाजुभाइलाई रक्षासूत्र बाँधेर आफ्नो रक्षाको वचन लिने गर्दछन्।