विन्ध्यवासिनी मन्दिर नजिक खुल्यो अर्को ज्योतिष कार्यालय
आनन्द रेग्मी |काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा एकदर्जन ज्योतिष कार्यालय भव्यरुपमा खुलेका छन् या छैनन् त्यो ज्योतिष भविष्यवाणीले आउँदो दिनमा सर्वेक्षण गरी समाचार ल्याउने नै छ तर काठमाडौं बाहिर पुरै नेपालमा सर्वाधिक ज्योतिष कार्यालय भएको ठाउँ अब पोखराको विन्ध्यवासिनी मन्दिर क्षेत्र भएको छ ।
वि.सं. २०५८ सालमा सबैभन्दा पहिला खुलेको ज्योतिष भविष्यवाणी कार्यालय यो क्षेत्रकै पहिलो हो भने पछिल्लो १९ वर्षको अवधिमा यो क्षेत्रमा ज्योतिष कार्यालयको संख्या दर्जन बढी पुगिसकेका छन् ।
ज्योतिष परामर्श लिने व्यक्तिको कुनै योग्यता तोकिएको हुँदैन । साधारणदेखि पी.एच.डी. डक्टरसम्म परामर्श लिन आउन सक्दछन् । तर ज्योतिषीहरुले सकेसम्म आफ्नो योग्यता सर्वोच्च व्यक्ति आउँदा पनि हिनताबोध नहुने गरी बढाउँदै लग्नु पर्दछ ।
पोखराको ४ लाखबढी जनसंख्यामा एम.ए., पी.एच.डी. योग्यता हासिल गरेर परामर्श दिनेको संख्या अब पाँच पुगेको छ । ती पाँचजना वष्ठितम् ज्योतिष भविष्यवक्तामध्ये एउटा नाम हो, ज्योतिषाचार्य डा. मधु रेग्मी ‘कृष्ण’ । जसले सन् २०१२ अर्थात विगत ८ वर्षदेखि लगातार ज्योतिषको अभ्यास र योग्यता दुवै आर्जित गर्दै जाँदा डबल एम.ए., पी.एच.डी. गरेर विन्ध्यवासिनी क्षेत्रमा खोल्नु भएको छ भव्य ज्योतिष कार्यालय ।
उमेरको २६ वर्षमा डबल एम.ए., पी.एच.डी. गरेर ज्योतिष परामर्श दिने व्यक्ति अन्यथा नभेटिएसम्म उहाँ नै नेपालको पहिलो व्यक्ति भन्न सकिन्छ । ज्योतिष भविष्यवाणी अनलाइन टेलिभिजन (युट्युब च्यानल), छापा ज्योतिष भविष्यवाणी (राष्ट्रिय) साप्ताहिक सबै मेडियामा सक्रिय संलग्न डा. मधु रेग्मीको कार्यालय यहि २०७७ असोज १ गतेका दिनदेखि प्रारम्भ भएको छ । पोखरा–बाग्लुङ राजमार्गको सराङकोटचोक जाने बाटो नजिक रहेको ज्योतिष भविष्यवाणी परामर्श कार्यालयबाट ज्योतिषका विविध विषयमा सेवा दिन प्रारम्भ गरिएको छ ।