प्रोफेशनल ज्योतिष तालिम लिने पितम पहिलो

मेची महाकाली ज्योतिष जागरण अभियान (२०५३) अन्तरगत ज्योतिष सिक्ने महिला पुरुष नेपालमा हजारौं रहेता पनि ठकुरी वंशमा जन्मेर प्रोफेशनल ज्योतिष भविष्यवक्ता तहको तालिम लिने पुतलीबजार नगरपालिका वडा नं.८ बहाकोट स्याङ्जा निवासी पितम बहादुर सेन पहिलो व्यक्तित्व हुनु भएको छ ।

मेचीदेखि महाकालीसम्म ठकुरी वंशमा कसैले नपढेको ज्योतिष शिक्षा पितम सेन ठकुरीले कसरी ज्योतिष पढ्नुभयो?, प्रसंग ज्यादै रोचक रहेको छ । इ.सं. २००७ मे १ तारीकदेखि चल्दै आएको जेवि विकली डटकमको इपेपर संस्करण जव पुरानो वेब डिजाइनरबाट वेवसाइट बन्द भयो तब पुरानो व्यक्तिबाट हस्तान्तरण गरि पुनः अपडेट गर्नेक्रममा जेवि विकली डटकमले भेट हुने साइत जुराएको थियो ।

जेवि विकली डटकमका प्रधान सम्पादक डा. बलराम उपाध्ययाय रेग्मीसँगको १२ वर्ष यताको संगतले आँफू पनि ज्योतिष पढेर आँफू पनि स्वयं ज्योतिषी हुने अवसर जुरेको हो । वि.संं २०८० साल वैशाख १० गते अक्षय तृतियाका दिनदेखि प्रोफेशनल ज्योतिष तालिम शुरु गरि ३ दिनको अवधिमा श्रीमान श्रीमती कसको पहिला मृत्यु हुन्छ? यस विषयको उहाँ विशेषज्ञ भइसक्नुभएको छ । साथ साथै घडेरीको माटो हेर्ने, आफ्नो अथवा जो कसैको योगिनी, त्रिभागी, विंशोत्तरीय, महादशा निकाल्न र बताउन सक्ने हुनुभएको छ । स्मरण रहोस ज्योतिष वैज्ञानिक उपचार बुलेटिनको आधारमा कुन–कुन ग्रहको जप कसरी गराउने?, सामाग्रीहरु के–के लाग्दछन र कति जना पण्डित आवश्यक होलान ग्रह जप गराउन यी आधारभूत जानकारी उहाँले प्राप्त गरिसक्नुभएको छ ।

ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.को आयोजनामा वि.सं. २०८० वैशाख महिनादेखि हुन गइरहेको विश्व ज्योतिष जागरण अभियान अन्र्तगत पढाई शुरु गर्ने पहिलो व्यक्तित्व नै पितम सेन हुनु भएको छ । नेपालको निजामति सेवामा पहिलो हुदै आएको स्याङजा जिल्ला ज्योतिष शिक्षाको क्षेत्रमा पनि पहिलो बनाउने ठकुरीज्यूको हार्दिक इच्छा यथाशिघ्र सार्थक होस भन्ने ज्योतिष भविष्यवाणी मेडियाको तर्फबाट शुभकामना व्यक्त गरिएको छ ।