पञ्चक भनेको के हो ? /Astrologer madhu regmi “krishna”

धनिष्ठा नक्षत्रको अन्तिम दुई चरण अर्थात् गु गे पाद।
शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती यिनी पाँच नक्षत्र पंचक नक्षत्र नामले चिनिन्छ यिनी नक्षत्रहरुमा स्तम्भ गाड्ने, मुर्दा जलाउने, काठ, घासपात ल्याउने, दक्षिण दिशाको यात्रा गर्ने, खाट बनाउने, घर छाउने इत्यादि कामहरु ज्योतिष शास्त्रले वर्जित गरेको छ यो समय यिनी कामहरु गर्दा त्यो कर्म फेरि पाँच चोटी गर्नु पर्दछ यदि यो समयमा मुर्दा जलाएमा अझ पाँच लाश जलाउन पर्छ र अन्य प्रत्येक काम पाँच चोटि गर्नु पर्छ, अति आवश्यक भएमा लाश को साथमा साना- साना पाँचवटा नक्कली लाश बनाएर जलाएमा त्यसको दोष कम हुनेछ।