नेपाल–भारत साहित्य महोत्सव नेपालको विराटनगरमा

अधिवक्ता प्रा.डा. बलराम उपाध्याय रेग्मी
क्रांतिधरा साहित्य अकादमी नेपाल तथा भारत मेरठको आयोजनामा प्रत्येक वर्ष तीन दिवसीय साहित्यिक महोत्सव हुँदै आइरहेकोमा केही महिना पहिला भारतको उत्तरप्रदेश मेरठ विश्वविद्यालयको हिन्दी विभागको आयोजनामा विश्वविद्यालय सभा हलमा सम्पन्न भएको थियो ।

यसै संस्थाको आयोजनामा यसै सन् २०२३ मार्च १७, १८ र १९ तारीखसम्म सो संस्थाको चौथो साहित्यिक महोत्सव नेपालको विराटनगरमा हुने भएको छ । उक्त संस्थाका अध्यक्ष डा. विजय पण्डितको सभापतित्वमा हुन गइरहेको तीन दिवसीय महोत्सवमा पुस्तक प्रर्दशनी, परिचर्चा, सामाजिक परिचर्चा, शोधपत्र प्रस्तुत, पुस्तक विमोचन, कृति समीक्षा, साक्षात्कार एवम् लघुकथावाचन कार्यक्रम हुने संस्थाका अध्यक्ष पण्डितद्धारा प्रेसित समाचारमा जनाइएको छ ।

उक्त तीन दिवसीय कार्यक्रममा सांस्कृतिक कार्यक्रम, अनुवाद, कवि सम्मेलन, मुशायरा, ओपन माइक, सम्मान कार्यक्रमका विशेष आकर्षण रहने र नेपाल तथा भारतका दुई सय ५० ज्यादा लेखक, साहित्यकार, कविको सक्रिय सहभागिता रहने अध्यक्ष डा विजय पण्डितले ज्योतिष भविष्यवाणीलाई जानकारी दिनुभएको छ ।