नेपाली नेता र नेपाल बन्द (सम्पादकीय)/योग/ज्योतिषाचार्य मधु रेग्मी”कृष्ण”

ASTROLOGER MADHU REGMI KRISHNA

नेपाल बन्द यो शब्द बेलाबेलामा सुनिराख्नु पर्छ । मानौं यो कुनै ठूलो कुरा नभएर हप्तामा आउने एउटा बारमध्ये नै हो । किनकि आजभोलि महिनाको चारदिन नेपाल बन्द भएको नै सुनिन्छ । आफ्ना कार्यकर्ता मारिए नेपाल बन्द,आफ्नो प्रस्ताव पारित नभए नेपाल बन्द, सांसदको छोरो मर्‍यो नेपाल बन्द
! यदि यस्तो कुरालाई देशको सरकार अथवा जनताले ध्यान नदिए कुनै दिन यस्तो समय पनि अवश्य आउँछ जब कुनै नेताले घरको झगडाको कारणले नेपाल बन्दको घोषणा गर्नेछ र यो सबै कुराहरुले अत्यधिक प्रभाव नेपालको आर्थिक स्थिति र जनतामाथि पर्छ नेताहरुलाई के मतलब,
एकदिन छुट्टी मनाउँछन् खुसीले रमाउँछन् । न तिनीहरुलाई कुनै समस्या न कुनै सिरदर्दी र त्यसको पछाडि एउटा ठूलो कारण हो अशिक्षित नेता । जब सरकारी क्षेत्रको एउटा सानो पोष्टमा जानका लागि त केही शिक्षित व्यक्ति चाहिन्छ भने त्यही सरकारलाई चलाउने नेताहरु किन अशिक्षित
– हाम्रो देशको नि अचम्मको गाथा छ । यहाँ प्रधानमन्त्री भन्दा स्कूलमा घण्टी बजाउने पालेदाइ उच्च शिक्षित छन् । यहाँ १० फेल शिक्षामन्त्री बन्छन्, जसलाई डाक्टरको स्पेलिंगसम्म आउँदैन ऊ स्वास्थ्य मन्त्री बन्छ, जसलाई खेलको बारेमा केही थाहा छैन, ऊ खेलमन्त्री बन्छ, जब देशलाई
चलाउने मन्त्री नै अशिक्षित छन् अनि उनीहरुलाई कसरी थाहा हुन्छ – एक दिनको नेपाल बन्दले नेपाललाई कति धेरै आर्थिक नोक्सानी हुन्छ । नेपाल बन्दले नेपाल एकदिन पछाडि जान्छ । लाखौं कर्मचारीले गर्ने कामहरु रद्द हुन्छन् । विभिन्न सेवाहरु एक दिनका लागि बन्द हुन्छन् अनि हुन्छ
देशलाई अरबौं घाटा ।मेरो देशमा यूकेजी, एलकेजीमा पढ्ने साना-साना भाइहरुले देशको प्रधानमन्त्रीको नाम शायद नै
सुनेका होलान् तर उनीहरुले नेपाल बन्द शब्द पटक-पटक सुनेका होलान त्यसमा म विश्वस्त छु ।जब एकदिन काम गर्न छाड्दा हाम्रो आफ्नो आर्थिकस्थितिमा यति परिवर्तन आउँछ भने देशको के हालत होला – यहाँ केवल एकदिनको कुरा होइन, हप्तैपिच्छे नेपाल बन्द भैराखेको छ । देश यति धेरै
ऋणको बोझमा डुबिराखेको छ तापनि किन यस्तो शायद हाम्रो देशका जनता सोझा भएर होला नत्र यस्तोस्थिति आउँदा हाम्रो नजिकैको देश भारतमा नेताहरुलाई उठिबास गराउछन् जनताहरुले ।किन पाल्ने हामीहरुले यस्ता नेताहरुलाई – अस्ति भर्खर नेताहरुको तलबमा वृद्धि भयो त्यो पनि १८
प्रतिशतले । देशका प्रमुख भीआइपीको करिब दुइलाख नजिक पुगेछ ठिकै छ तलब बढोस् तर तलब
जागिरमा पदोन्नति किन हुन्छ – राम्रो काम गरेपछि तर यहाँ राम्रो काम समयमा भएकै छैन । देशमा भ्रष्टाचार बढेको छ यो त यस्तै कुरा भयो । आफैँ वकील, आफैँ साक्षी, आफैँ न्यायाधीश याद राख्नुहोस् जबसम्म यो देशमा न्याय व्यवस्था अलग हुँदैन, जबसम्म नेताहरुको कमी
हुँदैन तबसम्म यो देश यसरी नै लुटिरहन्छन् । राजतन्त्रको बेलामा एउटा व्यक्तिको निर्णय
जे खान्थ्यो एउटा परिवारले खान्थे तर गणतन्त्रमा यहाँ जनताको पैसामा हजारौं नेताहरु पालिरहेका
छन् । जंगलमा उम्रेको काँडालाई जति पानी र मल दियो त्यति नोक्सानी आफैँलाई हुन्छ यो कुरा
यदि जनताले समयमा नै बुझे देशको भलो होला ।
वि.सं. २०६२/०६३ सालतिर जब माओवादी, काँग्रेस र तत्कालीन राजाबीच सहमति भयो त्यो
समयमा लाग्यो अब देश र सरकार विरुद्ध कोई पनि छैन । अब देशमा शान्ति आउँछ । तर
जनतालाई के थाहा थियो जंगलबाट काटेर शहरमा ट्रान्सप्लान्ट गरेको माओवादीको बचेको अंश
ढिलोचाँडो फेरि जंगलमा उम्रिन्छ र माओवादी दर्ुइ भागमा बाढिन्छन् । करिब डेढ दशकपछि त्यो
जंगलमा काटेर छोडेको वृक्ष जब पुनः पलाउन थालेछ, जसलाई आजभोलि हामीले विप्लव समूहको
नामले चिनिन्छ, जब हिजोको समयमा करिब १७ हजार जनताको बलि चढाउने माओवादीलाई
तत्कालिन राजाले देशको शान्तिका लागि शहर भित्र्याउन सके भने अहिलेको कम्युनिष्ट सरकारले
किन हेरेर बसेको छ – किन उनीहरुका कार्यकर्तालाई पक्राउ गरेको छ – किन शान्तिवार्ता गरेको
छैन – आजको माओवादीले पनि याद राख्न आवश्यक छ कि ऊ पनि दूधले नुवाएको छैन । यदि
सरकारले विप्लव समूहसँग शान्तिवार्ता गरेन भने नेपालमा यसरी नै अशान्ति छाउनेछ । मलाई
लाग्छ विप्लव समूह पनि पूर्ण रुपमा गलत छैन उसले केही कुरा देशका लागि पनि गर्न लागेको छ
। जस्तै एनसेलले कर तिर्न पर्ने, भारत सामु सरकार नतमस्तक नहुने इत्यादि कुराहरु देश विरुद्ध
नभएर देशहितमा नै छन् ।