नेपालकै पहिलो ज्ञवाली महिला ज्योतिष पोष्टग्रेजुएट

डा बलराम उपाध्याय रेग्मी |कुल नेपालको जनसंख्यामध्ये ५२ प्रतिशत ओगटेको महिला जगत् नेपालमा महिला भएर पोष्टग्रेजुएट गर्ने ज्ञवाली थरको पहिलो व्यक्ति व्यास–२ दमौली निवासी सुमिता ज्ञवाली हुनुभएको छ ।

आफ्ना पुर्वज गुल्मी रहेकी ज्ञवाली विवाहित भई नवलपरासीको कावासोती हुँदै व्यास–२ तनहुँमा आइपुग्दा जीवनको कमै उमेरमा पहिलो महिला ज्योतिषी हुन पुग्नु भएको छ । क्याम्पसतर्फ आइ.ए उत्तीर्ण गरी पोखरा ज्योतिष महाविद्यालयबाट प्रोफेशनल ज्योतिष डिप्लोमापश्चात् मूल विषय ज्योतिष नै लिएर प्रोष्टग्रेजुएट ज्योतिष डिप्लोमा गर्नुभएकी ज्ञवाली वैदिक ज्योतिष भविष्यवाणी भित्तेपात्रोको सहसम्पादकसमेत हुनुहुन्छ ।

नेपाल नेपाल ज्योतिष पत्रकार महासंघकी सदस्य, तनहुँ जिल्लाकी संयोजक ज्योतिष भविष्यवाणी राष्ट्रिय साप्ताहिककी तनहुँ संवाददाता रहेकी ज्ञवाली विगत सातवर्षदेखि ज्योतिष परामर्श दिइरहनु भएको छ । वैदिक पूजासामग्री भण्डारसमेत सञ्चालन गर्दै साथमा ज्योतिष पढाउने, परामर्श दिने ज्ञवालीको सबैभन्दा भरपर्दो पेशा ज्योतिष हुन गएको छ । वैदिक ज्योतिष विज्ञान विश्वविद्यालयको पहिलो महिला मास्टर डिग्री विशिष्ट श्रेणीमा गर्ने ज्ञवालीका एक छोरा एक छोरी पनि सक्रिय रुपमा ज्योतिषमा संलग्न छन्