नाडीदोष किन लाग्छ र त्यसको उपाय/astrologer madhu regmi”krishna”

विवाहमा विविध कुरालाई ध्यानमा राखेर विवाह गर्न उमेर भएका केटा र केटीहरुको चिना मिलाउने परम्परा त्यो मिलान मध्ये एउटा आवश्यक पार्ट नाडी़ हो।
विवाह गर्नको लागि एकसमान नाडी़ निषिद्ध गरिएको छ त्यसमा पनि मध्य-मध्य नाडी़ अत्यंत त्याज्य छ
शास्त्रमा भनिएको छ👇
आद्य नाडी़ वरं हन्ति मध्यनाडी तु कन्यकाम्
अन्त्यनाड्यां द्वयोर्मृत्युनाडीदोषं त्यजेद् बुधः।। 
एउटै नाडी़ पर्दा मृत्यु, बिरामी, कुरा नमिल्ने हुन्छ। 
विशेष अवस्थामा नाडी़ दोष हट्न पनि सक्छ 👇
#१ वर र कन्या एउटै राशि अलग नक्षत्र परेमा
#२ वर र कन्या एउटै नक्षत्र अलग राशि परेमा
#३ एउटै राशि एउटै नक्षत्र तर पाउ फरक परेमा
#४ वर र कन्या दुबैको नक्षत्र कृत्तिका, रोहिणी मृगशिरा आर्द्रा तिष्य ज्येष्ठा उत्तरभाद्रपद तथा रेवती परेमा।
#५ वर र कन्या दुबैको राशिस्वामी बुध बृहस्पति र शुक्र परेमा।

#नोट – विवाह अति आवश्यक भएमा विधिपूर्वक महामृत्युंजय जप हवन आफ्नो सामर्थ्य अनुसार सुन र गाई दानमा दिएर दोष कम गर्न सकिन्छ।