नवलपरासी जिल्लाको पहिलो ज्योतिष पोष्टग्रेजुएट
डा सन्तोष रेग्मी |नवलपरासी जिल्लास्तरीय प्रोफेशनल ज्योतिष डिप्लोमा तालिममा सहभागी भई वि.सं. २०५७ सालमा ७० जना ज्योतिष भविष्यवक्ता तयार भए यता ज्योतिष विधामा पोष्टग्रेजुयट ज्योतिष डिप्लोमा उत्तीर्ण गर्ने पहिलो व्यक्ति कृष्णप्रसाद पौडेल हुनुभएको छ ।
नवलपरासीको कावासोतीमा स्थायी घर भई हाल व्यास–२ दमौली तनहुँमा आफ्नो ज्योतिष कार्यालय खोलेर विगत धेरै वर्षदेखि ज्योतिष परामर्श दिँदै आउनु भएका, वैदिक ज्योतिष भविष्यवाणी भित्तेपात्रोका सम्पादक पौडेल आउँदा दिनमा तनहुँ जिल्लाको पनि पोष्टग्रेजुयट ज्योतिष डिप्लोमा गर्ने पहिलो भविष्यवक्ता हुनुभएको छ । मास्टर डिग्रीको सेमेष्टर पद्धतिमा ज्योतिषभविष्यवmा तहको पाठ्यक्रम पढेपछि ज्योतिष परामर्श दिन शुरु गर्नुभएका बालकृष्ण शर्मा तनहुँ जिल्लाको पहिलो विद्यार्थी भए तापनि उहाँले सबै पेपर पूरा गर्नु भएन ।
त्यसकारण व्यास–२ दमौली निवासी कृष्णप्रसाद पौडेल विधिवत मास्टर डिग्री पूरा गर्ने पहिलो छात्र हुनुभएको छ । सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी भारतबाट व्याकरणाचार्य उत्तीर्ण गरिसक्नु भएका ख्यातिप्राप्त कथावाचक पौडेलको दोस्रो मास्टर डिग्री ज्योतिष भएकाले पनि तनहुँ जिल्लामा स्नातकोत्तरद्वय पहिलो ज्योतिषी कृष्णप्रसाद पौडेलनै हुनुभएको छ ।
ज्योतिष परामर्शका साथसाथै कथावाचन, पूजासामग्री दोकान, कर्मकाण्ड सबै काम सम्हाल्दै आउनु भएका पौडेल हिन्दूराष्ट्र नेपालका एक सक्षम व्यक्तित्व हुनुभएको छ ।