ज्योतिष भविष्यवाणी मेडियाको आयोजनामा पहिलो पटक गणेश वैज्ञानिक उपचार
डा. सीता रेग्मी/डा. मधु रेग्मी | यही चैत्र ८ गते मंगलबार बिहान ९ बजेदेखि दिनमा २ बजेसम्म गणेश वैज्ञानिक उपचार कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा–२, विन्ध्यवासिनी मन्दिर दक्षिण गल्ली गणेशमन्दिर परिसरमा सम्पन्न गणेश वैज्ञानिक उपचार गराउने कर्ताहरुमा अष्ट्रेलियाबाट अनिला गुरुङ, लिलाबहादुर गुरुङ तथा छोराछोरी एवं पोखरा बाघमारादेखि जमुना देवी थापा, शिशिरनारायण क्षेत्री, पोखरा ९ न्यूरोड निवासी मनोहरप्रसाद श्रेष्ठ, प्रीति प्रधान श्रेष्ठ, तथा छोराछोरी रहनु भएको थियो ।
प्रमुखवाचक ज्योतिष शिरोमणि अधिवक्ता प्रा.डा. बलराम उपाध्याय रेग्मी अध्यक्ष सुशासन शिवशक्ति धार्मिक समाज नेपाल, आयोजक ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि. पोखरा नेपाल रहेको थियो ।
मंगलबार मंगलचौथी कै दिन कार्यक्रम गराउने उहाँहरु ज्योतिष भविष्यवाणी मेडिया प्रा.लि.पोखराको पहिलो समूह हुनुभएको छ ।