ज्योतिष परामर्श लिइ खेल्दा पहिलो भइयो

ज्योतिष शिरोमणि अधिवक्ता प्रा.डा. बलराम उपाध्याय रेग्मी | नेपालको गण्डकी प्रदेश, कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा यसै हप्ता आयोजना गरिएको राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगितामा रुपन्देही जिल्लाका बुटवल निवासी नारायणप्रसाद घिमिरे एवम् धादिङ जिल्ला निवासी विष्णुलाल श्रेष्ठ दुवै जना राष्ट्रियस्तरमा प्रथम हुनुभएको छ ।

उमेरको ५५ वर्ष पूरा गरिसकेका खेलाडीमात्र सहभागी हुन पाउने उक्त खेलमा देशैभरिका सहभागीलाई उछिन्दै विष्णुलाल श्रेष्ठ एवम् नारायणप्रसाद घिमिरे प्रथम हुन सफल हुनुभएको छ ।

ज्योतिष परामर्श लिई–लिई कुन दिन, कता फर्केर खेलौं ? कति बजे घरबाट हिँडौं ? लगायत प्रत्येक काममा आफ्ना ज्योतिष सल्लाहकारसँग परामर्श लिई अगाडि बढ्दै आउनु भएका नारायण घिमिरे विगतमा चितवनमा पनि खेल जित्न सफल हुनुभएको थियो । यहि माघ १ गतेदेखि काठमाडौंमा हुन गइरहेको खेलमा पनि उहाँलाई यस्तै सफलता प्राप्त होस् भन्ने कामना ज्योतिष भविष्यवाणी साप्ताहिक परिवारले गरेको छ ।