गण्डकी प्रदेशस्तरीय पत्रकार महासंघको वार्षिक साधारण सभा

प्रदीप रेग्मी/दुर्गा दाहाल
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष पत्रकार त्रिभुवन पौडेलको सभापतित्व गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुङको प्रमुख आतिथ्यता नेपाल पत्रकार महासंघ केन्द्रीय महासचिव रमेश विष्ट, राष्ट्रिय सूचना आयोगकी आयुक्त यशोदा तिमल्सिना, पत्रकार रविन्द्र बाँस्तोला, नारायणप्रसाद भट्टराई, प्रदेशभरिका पत्रकारको उपस्थितमा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि र पोखराका पत्रकारसमेतको उपस्थितिमा दुई दिनसम्म चलेको कार्यक्रम आफ्नो कार्यकालको सफल रहेको केन्द्रीय महासचिव रमेश विष्टले बताउनु भएको थियो । नेपाल ज्योतिष पत्रकार महासंघका केन्द्रीय सभापति डा. बलराम उपाध्याय रेग्मी, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर, सञ्चारिका समूह, डब्लुडब्लुजे, स्वतन्त्र पत्रकार संघलगायतका सञ्चारसंस्थाका प्रतिनिधिको सक्रिय उपस्थिति रहेको थियो ।