कालिका पब्लिक कलेज पोखराको अध्यक्षमा अधिवक्ता गीता आचार्य लम्साल
अधिवक्ता डा. बलराम उपाध्याय रेग्मी/आनन्द रेग्मी
कालिका पब्लिक कलेज पोखरा–१०, रामबजारको अध्यक्षमा अधिवक्ता गीता आचार्य लम्साल निर्विरोध निर्वाचित हुनुभएको छ ।
समितिका अन्य सदस्यहरुमा पूर्णचन्द्र न्यौपाने, सुरेशकुमार ध्वजु, निर्मला कार्की भण्डारी, रामबहादुर थापा र कुमार थिङ निर्वाचित हुनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले शिक्षा सबैको पहुँचमा पु¥याउन पब्लिककलेजको ठूलो महत्व रहने धारणा राख्नुभयो । उहाँले शिक्षालाई व्यावहारिक र जीवनोपयोगी बनाउन अति आवश्यक रहेको बताउनु भयो ।
सामाजिक विकास तथा शिक्षामन्त्री मेखलाल श्रेष्ठले शिक्षाका लागि प्रदेश सरकार सधैं सकारात्मक रहेको भन्दै जनअपेक्षा पूरा हुने गरी काम गर्न अनुरोध गर्नुभयो ।
कास्की जिल्लाको इतिहासमा पब्लिक कलेजको व्यवस्थापन समितिको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने अधिवक्ता गीता आचार्य लम्साल पहिलो महिला हुनुभएको छ ।