अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलन भारतको नागपुरमा सम्पन्न
डा. सन्तोष उपाध्याय रेग्मी /डा. प्रदीप रेग्मी
अन्तर्राष्ट्रिय ज्योतिष महासंघ अमेरिकाको प्रमुख आयोजना तथा भारतको महाराष्ट्र नागपुर शाखा अध्यक्षको सभापतित्वमा एकदिने अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलन सम्पन्न भएको छ ।
भारतको नागपुरमा यही मार्च २० तारीखमा सम्पन्न एकदिने अन्तर्राष्ट्रिय ज्योतिष महासम्मेलनमा अन्तर्राष्ट्रिय केन्द्रीय समिति पदाधिकारी, विश्वका विभिन्न शाखाका अध्यक्ष, पदाधिकारी, स्वतन्त्र ज्योतिष बुद्धिजीविको दुईसय ज्यादा सक्रिय सहभागिता रहेको सो संस्थाकी निर्देशिका दिव्या हेरिस पिल्लाइले ज्योतिष भविष्यवाणीलाई जानकारी दिनुभएको छ ।
उक्त सम्मेलनमा बराहमिहिर ज्योतिष अवार्ड तथा स्वर्णपदकद्धारा प्रमुख व्यक्तित्वलाई सम्मान गरिएको थप जानकारी प्राप्त भएको छ । पूर्वीय ज्योतिषका प्रखर विद्धान् आचार्य वराहमिहिरको नाममा स्थापित उक्त पुरस्कार पहिलो पटक प्रदान गरिएको हो ।